काठमाडौं । पछिल्लो आठ महिनामा गण्डकी प्रदेशमा ३९ हजार २९५ बिरामी अस्पताल भर्ना भएको पाइएको छ । २०७५ साउनदेखि फागुन मसान्तसम्मको आर्थिक सर्वेक्षण २०७५/७६ ले यस्तो देखाएको हो । यस्तै यही अवधीमा देशभर झन्डै पाँच लाख बिरामी अस्पतालमा भर्ना भएको देखिन्छ।
आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ । तीमध्ये प्रदेश १ मा ६७ हजार ६३९, प्रदेश २ मा ९ हजार ६१९, प्रदेश ३ मा २ लाख ६१ हजार ५३१, प्रदेश ५ मा ६७ हजार ७१४, कर्णाली प्रदेशमा २० हजार ९३९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ८७१ बिरामी भर्ना भएका छन् ।
यस्तै, सो अवधिमा १ करोड ५ लाख ३२ हजार ३२५ पटक बिरामी अस्पताल पुगेका छन् । अस्पतालले पटकपटक बोलाउँदा बिरामी दोहोरिएर अस्पताल जाने गरेका छन् । त्यस्तै, सो अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४७४ मुटुका बिरामीलाई बहिरंगमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने ५ हजार ९२१ बिरामीको क्याथल्याबमार्फत उपचार गरिएको छ
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु