काठमाडौं । पछिल्लो आठ महिनामा गण्डकी प्रदेशमा ३९ हजार २९५ बिरामी अस्पताल भर्ना भएको पाइएको छ । २०७५ साउनदेखि फागुन मसान्तसम्मको आर्थिक सर्वेक्षण २०७५/७६ ले यस्तो देखाएको हो । यस्तै यही अवधीमा देशभर झन्डै पाँच लाख बिरामी अस्पतालमा भर्ना भएको देखिन्छ।
आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ । तीमध्ये प्रदेश १ मा ६७ हजार ६३९, प्रदेश २ मा ९ हजार ६१९, प्रदेश ३ मा २ लाख ६१ हजार ५३१, प्रदेश ५ मा ६७ हजार ७१४, कर्णाली प्रदेशमा २० हजार ९३९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ८७१ बिरामी भर्ना भएका छन् ।
यस्तै, सो अवधिमा १ करोड ५ लाख ३२ हजार ३२५ पटक बिरामी अस्पताल पुगेका छन् । अस्पतालले पटकपटक बोलाउँदा बिरामी दोहोरिएर अस्पताल जाने गरेका छन् । त्यस्तै, सो अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४७४ मुटुका बिरामीलाई बहिरंगमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने ५ हजार ९२१ बिरामीको क्याथल्याबमार्फत उपचार गरिएको छ
सम्बन्धित खबर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा