न्यायाधीशकै प्रमाणपत्र नक्कली ! तनहुँ र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश निलम्बित

न्यायाधीशकै प्रमाणपत्र नक्कली ! तनहुँ र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश निलम्बित

supreme-court_sept13

तनहुँ – न्याय परिषदले भ्रष्टाचार अभियोगमा दुई जना जिल्ला न्यायाधीशलाई बर्खास्त गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको परिषदको बैठकले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिले गरेको सिफारिसका आधारमा कारबाही गरेको हो ।

स्रोतका अनुसार तनहुँका न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको आरोपमा निलम्बन गरिएको हो । उनीविरुद्ध विशेष अदालतमा नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोयमा मुद्दा चलाउने निर्णयसमेत भएको छ ।

छाननिबनका क्रममा उनले भारतबाट स्नातक उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट ल्याएर नेपालमा एलएलबी गरेको भेटिएको छ । यस्तै ललितपुरका प्रमुख न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा निलम्वन गरिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ