माईक्रोले मोटरसाईकल जोगाउन खोज्दा पोखरामा दुईवटा बस ठोक्कियो, ७ जना घाईते

माईक्रोले मोटरसाईकल जोगाउन खोज्दा पोखरामा दुईवटा बस ठोक्कियो, ७ जना घाईते

accident pic symbol

photo accident symbol

पोखरा । पोखराको बिजयपुरमा दुई वटा यात्रु बाहक बस ठोक्किँदा ७ जना घाइते भएका छन् ।बुधबार ग १ ज ३९९१ नम्बरको माईक्रोले अगाडीको मोटरसाईकललाई जोगाउन अचानक ब्रेक लगाउँदा ६ ख ३५४० नम्बरको मिनिबस र ना ५ ख २१८० नम्बरको बस अनियन्त्रित भएर ठोक्किँदा ७ जना घाइते भएका हुन् ।

 दुर्घटनामा परी रुपा गाउँपालिका ५ बस्ने १७ वर्षिय निकिता गुरुङ, पोखरा महानगरपालिका ३२ बस्ने ३० वर्षिय देवी भुजेल, अन्नपुर्ण गाउँपालिका ३ बस्ने ४० वर्षिय सञ्जु गिरी, पोखरा महानगरपालिका १२ बस्ने ७५ वर्षिय मैया थापा, माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ५० वर्षिय मन कुमारी राना, २५ वर्षिय मिना शाही र २७ वर्षिय रिना शाही घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ