दीपक मनाङ्गेको ‘पोइ पर्‍यो काले’ को छायाँकन पोखराबाट सुरु

दीपक मनाङ्गेको ‘पोइ पर्‍यो काले’ को छायाँकन पोखराबाट सुरु

poi_paryo_kale

काठमाडौं – दीपक मनाङ्गे निर्माता रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।  अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।

फिल्मलाई शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँक्न, सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत र कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा हुन् । दिपकलाई फिल्म निर्माणमा अ। देवि राईले सघाउदै छिन् । फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।
‘पोइ पर्यो काले’को कथावस्तुमा सामाजिक र कमेडी रहेको निर्देशक राणाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ