गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सुरु भएको छ । २ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशप्रमुख बाबुराम कुँवरले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका थिए ।बैठक सुरु भएसँगै सभामुख नेत्रनाथ अधिकारीले प्रदेशप्रमुखको कार्यालयको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि दलका नेताहरूले भनाइ राखेका थिए । बैठकमा सरकारतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र नयाँ शक्ति पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले बोलेका थिए ।
उनीहरूले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक पार्न सबै दलको साथ आवश्यक रहेको, लोकतान्त्रिक गणतन्त्रमा धेरै अघि बढेकाले अब पछि फर्किने कुनै अवस्था नरहेकाले यसलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, मन्त्रालयबाट बजेट विनियोजन गर्दा नीति र प्रक्रिया हुँदाहुँदै त्यसलाई उल्लंघन गरी विनियोजन गरिएको, दुईतिहाइको नेकपाको सरकार काण्डैकाण्डमा मुछिएको सरकारले भ्रष्टाचार, शान्ति सुरक्षा, महँगीलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका थिए । यस्तै, बैठकमा प्रदेश सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति मायानाथ अधिकारीले नियमावली संशोधन समितिको प्रतिवेदन पेस गरेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु