गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सुरु भएको छ । २ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशप्रमुख बाबुराम कुँवरले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका थिए ।बैठक सुरु भएसँगै सभामुख नेत्रनाथ अधिकारीले प्रदेशप्रमुखको कार्यालयको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि दलका नेताहरूले भनाइ राखेका थिए । बैठकमा सरकारतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र नयाँ शक्ति पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले बोलेका थिए ।
उनीहरूले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक पार्न सबै दलको साथ आवश्यक रहेको, लोकतान्त्रिक गणतन्त्रमा धेरै अघि बढेकाले अब पछि फर्किने कुनै अवस्था नरहेकाले यसलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, मन्त्रालयबाट बजेट विनियोजन गर्दा नीति र प्रक्रिया हुँदाहुँदै त्यसलाई उल्लंघन गरी विनियोजन गरिएको, दुईतिहाइको नेकपाको सरकार काण्डैकाण्डमा मुछिएको सरकारले भ्रष्टाचार, शान्ति सुरक्षा, महँगीलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका थिए । यस्तै, बैठकमा प्रदेश सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति मायानाथ अधिकारीले नियमावली संशोधन समितिको प्रतिवेदन पेस गरेका थिए ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु