प्रशासनिक खर्च कटौती गर्ने भन्दै तीनवटा मन्त्रालय गाभेर सचिवको दरबन्दी एउटामा झारिएको पूर्वाधार विकास मन्त्रालयमा मन्त्रीकै सल्लाहकार, सचिवालय तीन दर्जन कटेको छ ।
मन्त्री सुनिल लम्सालले दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको जम्बो सचिवालय खडा गरेका हुन्। मन्त्रालय स्रोतका अनुसार हालसम्म उनको सचिवालयमा दुई दर्जनभन्दा बढी व्यक्ति नियुक्त भइसकेका छन्।
मन्त्री लम्सालको सचिवालयमा यसअघि नै सन्तोष पाण्डेलाई सचिव सरहको पदमा नियुक्त गरिसकिएको छ। त्यसैगरी संजीव विक्रम राणा र धर्मेन्द्र झालाई विज्ञ सल्लाहकार बनाइएको छ।
पछिल्लो पटक मन्त्री लम्सालले लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई समेत विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।
प्रशासनिक मितव्ययिताको त्यो सिद्धान्तविपरीत मन्त्री लम्सालले आफ्नै सचिवालयमा भने २२ जना सल्लाहकारसहित ३९ जनासम्मको लस्कर राख्न मिल्ने गरी कार्यविधि बनाएका छन्।
मन्त्री लम्सालले भोटेकोशी बाढीपछि ज्ञवालीलाई विज्ञ सल्लाहकारका रूपमा भित्र्याएका हुन्।
नेकपा एमाले नेतृत्वको सरकारका पालामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवाली पछि लगानी बोर्डको सिइओ बनेका थिए। गत चैतमा वर्तमान सरकारले अध्यादेश ल्याएर अघिल्लो सरकारका पालाका राजनीतिक नियुक्ति खारेज गरेपछि ज्ञवाली पदमुक्त भएका थिए।
उनै ज्ञवालीलाई अहिले मन्त्री लम्सालले मन्त्रालयमा पुनरागमन गराएका हुन्।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला