प्रशासनिक खर्च कटौती गर्ने भन्दै तीनवटा मन्त्रालय गाभेर सचिवको दरबन्दी एउटामा झारिएको पूर्वाधार विकास मन्त्रालयमा मन्त्रीकै सल्लाहकार, सचिवालय तीन दर्जन कटेको छ ।
मन्त्री सुनिल लम्सालले दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको जम्बो सचिवालय खडा गरेका हुन्। मन्त्रालय स्रोतका अनुसार हालसम्म उनको सचिवालयमा दुई दर्जनभन्दा बढी व्यक्ति नियुक्त भइसकेका छन्।
मन्त्री लम्सालको सचिवालयमा यसअघि नै सन्तोष पाण्डेलाई सचिव सरहको पदमा नियुक्त गरिसकिएको छ। त्यसैगरी संजीव विक्रम राणा र धर्मेन्द्र झालाई विज्ञ सल्लाहकार बनाइएको छ।
पछिल्लो पटक मन्त्री लम्सालले लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई समेत विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।
प्रशासनिक मितव्ययिताको त्यो सिद्धान्तविपरीत मन्त्री लम्सालले आफ्नै सचिवालयमा भने २२ जना सल्लाहकारसहित ३९ जनासम्मको लस्कर राख्न मिल्ने गरी कार्यविधि बनाएका छन्।
मन्त्री लम्सालले भोटेकोशी बाढीपछि ज्ञवालीलाई विज्ञ सल्लाहकारका रूपमा भित्र्याएका हुन्।
नेकपा एमाले नेतृत्वको सरकारका पालामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवाली पछि लगानी बोर्डको सिइओ बनेका थिए। गत चैतमा वर्तमान सरकारले अध्यादेश ल्याएर अघिल्लो सरकारका पालाका राजनीतिक नियुक्ति खारेज गरेपछि ज्ञवाली पदमुक्त भएका थिए।
उनै ज्ञवालीलाई अहिले मन्त्री लम्सालले मन्त्रालयमा पुनरागमन गराएका हुन्।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने