पत्रकारलाई प्रचण्डको भने,– तपाईहरूचाहिँ नेखेल्नु होला, एक वर्षपछि प्रधानमन्त्री बन्छु

पत्रकारलाई प्रचण्डको भने,– तपाईहरूचाहिँ नेखेल्नु होला, एक वर्षपछि प्रधानमन्त्री बन्छु

Prachanda dahal

file photo

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा आलोपालो प्रधानमन्त्री बन्नेबारे सहमति भएको विषयमा बढी प्रचारबाजी भएको बताएका छन् । प्रचण्डले यसअघि भएको सहमति आफूले स्मरण मात्रै गरेको भन्दै यो चर्चाको विषय नै नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीमा सहमति पहिल्यै नै भएको भन्दै कुनै नौलो कुरा नभएको बताएका छन् । पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रचारको लागि नयाँ विषय नभएको बताए ।

आलोपालो प्रधानमन्त्री बन्नेबारे भने प्रचण्डले पार्टीले एकीकरणका क्रममा जे सम्झौता गरेको थियो त्यो परिस्थितिअनुसार इमान्दारितापूर्वक कार्यान्वयन गर्दै जाने स्पष्ट पारे । यसमा अरुले खेल्ने मौका पाउँछन् नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले तपाईहरु नखेल्नुहोला भन्दै प्रचण्डले उल्टै पत्रकारलाई पश्न गरे। एक टेलिभिजनको अन्तर्वार्तामा नेकपा अध्यक्ष प्रचण्डले एकताका बेला दुई अध्यक्षबीच सहमती भएको र त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएपछि नेकपाका दुई अध्यक्षबीच तिक्तता पैदा भएको थियो। प्रधानमन्त्री ओली र प्रचण्डबीच भोलि छलफल यसबारेमा हुने बताए ।

त्यस्तै फरक प्रशंगका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दीले नेपालले पाठ सिकिसेकोले भारतमा को विदेशमन्त्री भयो भन्ने कुराले नेपालमा कुनै असर नगर्ने प्रचण्डको भनाइ छ। नेपालमा नाकाबन्दीका डिजाइनर भनेर चिनिने एस जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विदेशमन्त्री बनाइएपछि नेपालमा राजनीतिक तरंग पैदा भएको छ ।

‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो  । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ । पार्टी एकताको बेलामा ऐतिहासिक रुपमा जे सहमति गरेका छौँ । त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौँ, ’उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ