रक्सी खाएर साथीको हत्या गरी फरार रहेका मोतीधन १० महिनापछि पक्राउ

रक्सी खाएर साथीको हत्या गरी फरार रहेका मोतीधन १० महिनापछि पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

खोटाङ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खोटाङ घर भएका ३६ वर्षीय धिरज भन्ने मोतीधन राई रहेका छन् । उनलाई शुक्रबार अपरान्ह पक्राउ गरिएको हाे । उनले गत भदौ २ गते आफ्नै साथी छत्र बहादुर कुलुङ राईको हत्या गरेका थिए।

उनीहरूले रक्सी सेवन गरेको र निजहरूबीच विवाद भएपछि हानाहानको स्थिति आएको र धिरजले छत्रबहादुरलाई बाँसको दाउराले प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। निजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ