बिराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताएका छन् । बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति आफूहरु दृढ रहेको पनि प्रस्टाए ।
‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी अझ उन्नन र बिकसित पनि हुँदै गएको छ, यस बिषयमा हामी दुवै अध्यक्ष प्रष्ट छौं,’ आलोपालो नेतृत्वको बिषय उठाउनुको कारणबारे पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने । उहाँले आफू र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सहमतिकर्ता रहेकोले बजार गरम बनाउन उछाल्नुको कुनै अर्थ नरहेको बताए ।
‘मैले पार्टी एकता गर्दा भएको सहमतिको बिषयलाई स्मरण मात्रै गरेको हो, यसलाई गोप्य सहमति भन्दै अनावश्यक प्रचारबाजीमा लैजान जरुरी छैन, कितावमै आइसकेको बिषय हो,’ प्रचण्डले भने। उहाँले पार्टी नेता कार्यकर्तालाई सरकारको नेतृत्व फेर्ने कि नफर्ने भन्ने जस्ता अनावश्यक बहश नगर्न र अनावश्यक रुपमा प्रचारवाजीमा नलैजान निर्देशन पनि दिए । ‘सवै कुरा सहमतिमै पार्टीले निर्णय गर्छ, अनावश्यक पोलोराइजेशन नलान म सवैलाई आग्रह गर्न चाहन्छु,’ प्रचण्डको भनाई थियो ।
उहाँले प्रधानमन्त्री ओलीले सहमतिको बिषयमा दिनुभएको अभिब्यक्ति सही रहेको भन्दै आफूहरुलाई भिडाउने प्रयाश संभव नहुने प्रष्ट पारे । पार्टी एकताको बेलामा भएको समझदारीलाई स्मरण मात्रै गरेको छु, मैले । यो कुनै नयाँ बिषय होइन, प्रधानमन्त्रीले पनि त्यसैअनुसार बुझ्नु भएको छ, उहाँको कुरा पनि त्यही हो, प्रचण्डको भनाई थियो ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ