कर्मचारीलाई बन्द-हडताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँछु – मन्त्री पण्डित

कर्मचारीलाई बन्द-हडताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँछु – मन्त्री पण्डित

lalbabu

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द/हडताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । मन्त्री पण्डितले बन्द/हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारे।

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले इमानदार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताए । मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध हुने कर्मचारीहरुले ड्युटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने पनि दोहोर्‍याए।

मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि जिकिर गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ