पोखरा । पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरहेको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । उनका अनुसार नालासहित उक्त सडक ७ मिटर फराकिलो बनाइनेछ ।
उक्त सडक खण्डको २ किमी सडकलाई चौडा पारिने पोखरा महानगरपालिका वडा नम्बर १६ का इन्जिनियर हरिबहादुर बस्नेतले बताए । सडकमा १ किमी नाला निर्माण गरिने र १ सय ५ मिटर ग्याबियन भरिनेछ । ९ सय मिटर सडकमा ग्राबेल गरिनेछ । उक्त सडक बनाउन महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्डर्सले ९१ लाख ३१ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।
निर्माण कम्पनीलाई काम सक्नको लागि भदौ ८ गतेसम्म समयसिमा तोकिएको महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले बताए । पोखरा १६ कै महेन्द्रगुफादेखि अर्मलाकोटसम्मको सडक पनि स्तरोन्नति हुने भएको छ । कनेक्टिङ सडक अन्तर्गतकै उक्त सडक खण्डको ४ किमीलाई फराकिलो पारिने छ । नाला बाहेक ६ मिटर चाक्लो बनाइने सडकमा ४ किमी नाला निर्माण गरिने रेग्मीले बताए ।
सडकमा १४ वटा कल्र्भट, १ सय मिटर रिटेनिङवाल, २ सय ३२ मिटर ग्याबियन भरिने छ । ४ किमी सडकलाई ग्राबेल गरिने वडाध्यक्ष आचार्यले बताए । उक्त काम गर्न महानगरले ७ करोड ४८ लाखको बोलपत्र आह्वान गरेकोमा जोशी अमित जेभीले ४ करोड ७४ लाखमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई सन २०२० जुलाईसम्म काम सक्ने समय दिइएको छ । ग्रामीण भेगलाई केन्द्रसँग जोड्ने गरी कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर काम थालिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।
महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम सुरु गरेको हो । २७ योजना मध्ये २२ योजनाको सम्झौता भइसकेको छ भने ५ वटा योजनाको पनि सम्झौता प्रक्रिया अगाडि बढेको सहरी पूर्वाधार महाशाखाले बताएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो