पोखरा । पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरहेको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । उनका अनुसार नालासहित उक्त सडक ७ मिटर फराकिलो बनाइनेछ ।
उक्त सडक खण्डको २ किमी सडकलाई चौडा पारिने पोखरा महानगरपालिका वडा नम्बर १६ का इन्जिनियर हरिबहादुर बस्नेतले बताए । सडकमा १ किमी नाला निर्माण गरिने र १ सय ५ मिटर ग्याबियन भरिनेछ । ९ सय मिटर सडकमा ग्राबेल गरिनेछ । उक्त सडक बनाउन महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्डर्सले ९१ लाख ३१ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।
निर्माण कम्पनीलाई काम सक्नको लागि भदौ ८ गतेसम्म समयसिमा तोकिएको महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले बताए । पोखरा १६ कै महेन्द्रगुफादेखि अर्मलाकोटसम्मको सडक पनि स्तरोन्नति हुने भएको छ । कनेक्टिङ सडक अन्तर्गतकै उक्त सडक खण्डको ४ किमीलाई फराकिलो पारिने छ । नाला बाहेक ६ मिटर चाक्लो बनाइने सडकमा ४ किमी नाला निर्माण गरिने रेग्मीले बताए ।
सडकमा १४ वटा कल्र्भट, १ सय मिटर रिटेनिङवाल, २ सय ३२ मिटर ग्याबियन भरिने छ । ४ किमी सडकलाई ग्राबेल गरिने वडाध्यक्ष आचार्यले बताए । उक्त काम गर्न महानगरले ७ करोड ४८ लाखको बोलपत्र आह्वान गरेकोमा जोशी अमित जेभीले ४ करोड ७४ लाखमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई सन २०२० जुलाईसम्म काम सक्ने समय दिइएको छ । ग्रामीण भेगलाई केन्द्रसँग जोड्ने गरी कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर काम थालिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।
महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम सुरु गरेको हो । २७ योजना मध्ये २२ योजनाको सम्झौता भइसकेको छ भने ५ वटा योजनाको पनि सम्झौता प्रक्रिया अगाडि बढेको सहरी पूर्वाधार महाशाखाले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा फरार दोषी पक्राउ
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने