file photo
चितवन – इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले भन्नुभयो, “९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा लगाउनेछौँ ।”
नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।
चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।
मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।
सम्बन्धित खबर
तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ
तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
मुग्लिन–पोखरा खण्ड विस्तार मनसुनभरि बन्द हुने
तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग