श्यामशितल परियार, लमजुङ – लमजुङको राइनास नगरपालिकाले नगरका १० वटै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरेको छ ।
राइनास नगरपालिकाका दैनिक प्रशासनिक र विकास निर्माणका कार्यहरुलाई सरल र सहज बनाउने उद्धेश्यका साथ सबै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए।
उहाँका अनुसार सबै वडाध्यक्षलाई १ सय ५० सीसीको ‘यामाहा’मोटरसाइकल प्रदान गरिएको हो । प्रति मोटरसाइकल १ लाख ८० हजारमा खरिद गरी वडाध्यक्षलाई प्रदान गरिएको हो ।
श्रोत साधनको अभावमा सेवा प्रवाहमा कठिनाइ हुनुका साथै समयमै कार्य सम्पन्न हुन नसकेको जनगुनासो आएसँगै वडाध्यक्षहरुलाई मोटरसाइकल वितरण गरिएको हो ।‘स्थानीय तहबाटै बजेट व्यवस्थापन गरी खरिद बिक्री प्रक्रिया सम्पन्न गरी उहाँहरुलाई बाइक वितरण गरिएको हो’, अधिकारीले भने ।
मोटरसाइकल वितरण गरिएसँगै वडा कार्यालय तथा वडाध्यक्षबाट प्रदान गरिने कामकारबाही चुस्त–दुरुस्त हुने विश्वास लिइएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । राज्यको श्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा स्थानीय नागरिकले जोड दिएका छन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु