श्यामशितल परियार, लमजुङ – लमजुङको राइनास नगरपालिकाले नगरका १० वटै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरेको छ ।
राइनास नगरपालिकाका दैनिक प्रशासनिक र विकास निर्माणका कार्यहरुलाई सरल र सहज बनाउने उद्धेश्यका साथ सबै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए।
उहाँका अनुसार सबै वडाध्यक्षलाई १ सय ५० सीसीको ‘यामाहा’मोटरसाइकल प्रदान गरिएको हो । प्रति मोटरसाइकल १ लाख ८० हजारमा खरिद गरी वडाध्यक्षलाई प्रदान गरिएको हो ।
श्रोत साधनको अभावमा सेवा प्रवाहमा कठिनाइ हुनुका साथै समयमै कार्य सम्पन्न हुन नसकेको जनगुनासो आएसँगै वडाध्यक्षहरुलाई मोटरसाइकल वितरण गरिएको हो ।‘स्थानीय तहबाटै बजेट व्यवस्थापन गरी खरिद बिक्री प्रक्रिया सम्पन्न गरी उहाँहरुलाई बाइक वितरण गरिएको हो’, अधिकारीले भने ।
मोटरसाइकल वितरण गरिएसँगै वडा कार्यालय तथा वडाध्यक्षबाट प्रदान गरिने कामकारबाही चुस्त–दुरुस्त हुने विश्वास लिइएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । राज्यको श्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा स्थानीय नागरिकले जोड दिएका छन् ।
सम्बन्धित खबर
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु