बाग्लुङ : ताराखोला गाउँपालिकाका ९५ जना युवाहरुले सोमबारदेखि एकैसाथ रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले उनीहरुलाई रोजगारी दिएको हो। गाउँपालिकाले सडक मर्मत कार्यमा खटाउने गरी रोजगारी दिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।
उनीहरुले २२ दिनका लागि रोजगारी दिइएको हो। गाउँपालिकाले खटाएको ठाउँमा सडक मर्मतका लागि खटिनुपर्ने गरी उनीहरुलाई रोजगारी दिइएको हो। पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्र्तगत उनीहरुलाई काम दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका पाँच वटा वडामा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए। सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क संकलन गरी रोजगारी दिन थालेको हो। ताराखोला गाउँपालिकामा मात्र ८०० जना बेरोजगार सूचिकृत भएका छन्।
तीमध्ये विभिन्न आधार बनाएर छनौट गर्ने क्रममा २८ जना महिला ६७ जना पुरुष पूर्ण बेरोजगार रहेको पाइएपछि उनीहरुलाई रोजगारी दिइएको गाउँपालिकाले बताएको छ। अन्य बेरोजगारलाई समेत आवश्यकताका आधारमा परिचालन गर्ने गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताइन्। जिल्लामा पहिलोपटक ताराखोला गाउँपालिकाले बेरोजगारीलाई रोजगारी प्रदान गरेको हो ।
कार्यक्रममा रोजगारी पाएका युवाहरुलाई ४ लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ। उनीहरुले पोशाक, गै्रची, बेल्चा, घन, बाउँसो, हँसियाजस्ता आवश्यक औजार समेत दिइएको छ।
‘कामको आधारमा हुने भेदभावको अन्त्य गरौं’ भन्ने नाराका साथ पाँच वटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ,’ रोजगार संयोजक थापाले भनिन्, ‘छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका छौंं।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा २१ लाख रुपैयाँ विनियोजन गरेको छ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए