एजेन्सी। श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् । श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो । सो विस्फोटपछि श्रीलंकाका केही मुसलमान संगठनमाथि पनि औंला उठाइएको थियो । गएको शुक्रबार बौद्ध भिक्षु अतुरालिए रतनाले मन्त्री रिशाद बाथिउद्धिन र गभर्नर एएलएएएम हिज्बुल्लाह तथा अजत सैलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका थिए ।
श्रीलंकाका मन्त्रीहरुमाथि मुश्लिम कट्टरपन्थीहरुसँग सम्बन्ध भएको बौद्धमार्गी विभिन्न संगठनले आरोप लगाएकोमा मुश्लिम संगठनले भने प्रतिवाद गरेका थिए । बौद्धमार्गीको मागको समर्थनमा देशका विभिन्न भागमा प्रदर्शन समेत भएका थिए । दुवै गभर्नरले दिएको राजीनामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्वीकृत गरेका छन् ।
गभर्नरको राजीनामापछि केन्द्रीय मन्त्रीमण्डलमा सामेल भएका सबै मुश्लिम मन्त्री, उपमन्त्री र राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् । सोमबार गभर्नरहरु अजत सैली र हिज्बुल्लाहको राजीनामा स्वीकृत भएपछि मन्त्रीहरुले पनि राजीनामा दिएका हुन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’