इटहरीका मेयर पत्रकारलाई धम्काउँदै भन्छन्– तिम्रो नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु (अडियो)

इटहरीका मेयर पत्रकारलाई धम्काउँदै भन्छन्– तिम्रो नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु (अडियो)

birat-anupam-dwariklal-chaudhary-pradeshportalcom_yCHbsAOPiU

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई कुटपिटको धम्की दिएका छन् । पत्रकार विराट अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि यसबारे अनुपमले बुझ्न खोज्दा मेयर चौधरीले नाकको हड्डी भाँच्ने धम्की दिएका हुन् ।

“अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ,” मेयर चौधरीले फोनमा धम्क्याउँदै भनेका छन् । मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए ।

“तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तिम्रो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,” फोनमा मेयर चौधरीले भनेका छन्, “अब म गुन्डागर्दीमै उत्रिएँ । तिम्रो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।”

अडियो: –

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ