पोखरा । पोखरामा आउँदो जेठ २३ गते बिहिबार ओलि एन्ड एसोसिएट्स अस्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । ओलि एन्ड एसोसिएट्सको आयोजनामा उक्त फेयर हुन लागेको हो ।
शैक्षिक उध्येश्यले अष्ट्रेलिया जान चाहने विद्यार्थीेलाई मध्यनजर गरी फेयरको आयोजना गरिएका एसोसिएट्सका प्रवन्धक तिलक लामिछानेले जानकारी दिए । उक्त शैक्षिक मेलामा अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु, ओलि एन्ड एसोसिएट्सका प्रवन्धक निर्देशक भवानी ओली , संस्थाका नेपाल प्रमुख सुदर्शन शर्मा, बैंकका प्रतिनिधिहरुको उपस्थीती रहने छ ।
फेयरबाट पोखरा तथा पोखरा आसपासका ५०० भन्दा बढी बिद्यार्थी तथा अभिभावकले लाभ लिने अनुमान आयोजकले गरेको छ । मेलामा शैक्षिक परामर्शका साथै छात्रवृत्तिका अवसरसँगै शैक्षिक कर्जाको लागि बैंकका प्रतिनिधिहरुसँग छलफल पनि गरिने आयोजकले जनाएको छ । यस्तै कार्यक्रममा कलेजका प्रतिनिधिहरुसँग भेटघाट साथै फोटोसेसन पनि हुने छ ।
सहभागीलाई आयल्टस तथा पिटिइ तयारीका बारेमा जानकारी दिइनुका साथै गिफ्ट ह्याम्पर पनि दिइने लामिछानेले बताए ।मेला जिरो किलोमिटरको निर्मल शान्ती निवासमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । ओली एन्ड एसोसिएट्सले आफ्नो स्थापना कालदेखि अष्ट्रेलियामा सिमित रहि शैक्षिक परामर्श, भिजा प्रोसेसका कार्य गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो