मुस्ताङ। पछिल्ला वर्षमा मुक्तिनाथ जाने भारतीय तीर्थयात्रीको संख्या बढेको पाइएको छ । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष अर्थात २०१८ मा उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । त्यस्तै सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महिनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ गएका थिए ।
दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको सङ्ख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ र हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।
पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ । भूकम्प गएको वर्ष सन् २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ