ललितपुर : दक्षिण ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा मुगुकी २६ वर्षे जानु शर्मा रहेकी छन्।
बुधबार साँझ ६:३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो। जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन्।
ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्ष सहितको टोली कोठाभित्र पसेको थियो। त्यहाँ जानु झुन्डिएको अवस्थामा फेला पारेकी थिइन्।
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानूले कोठामा आत्महत्या गरेको पुष्टी भएको छ। उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झन्ड्यिाएर र आफू पनि त्यहीँ झुन्डिएको प्रहरीले जनाएको छ।
घटनास्थल महानगरीय प्रहरी वृत्त चापागाउँबाट करिब ६० किलोमिटरको दुरीमा पर्छ। घटनास्थलमा पुगेका चापागाउँ वृत्तका प्रमुख राजकुमार खिउजुका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार उनी कामको सिलसिलामा मुगुबाट त्यहाँसम्म आएको थिइन्। श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन् । annapurnapost
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ