बाग्लुङ – जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्याली तथा आमसभामा सहभागी गराउन एक मेयरले आफ्ना श्रीमती र छोरीका लागि हेलिकप्टर चार्टर्ड गरेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले यही जेठ २१ गते आयोजित र्याली र आमसभामा सहभागी गराउन श्रीमती छेला नेपाली र छोरी कर्मालाई हेलिकप्टरमा पोखराबाट बुर्तीबाङ ल्याएका हुन् ।
पोखराबाट उडेको हेलिकप्टर मेयर नेपालीकै घरको छतमा ल्याण्ड गरेको थियो । ८ तले घरको छतमा मेयर नेपालीले हेलीप्याड नै निर्माण गरेका छन् । मेयर नेपालीको घरको घतमा नै हेलिकप्टर ल्याण्ड गरेको स्थानीय प्रहरीले पनि पुष्टि गर्यो ।
विभेदविरुद्ध घन्कियो नारा
जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्यालीमा करीब ५ हजार जना सहभागी भएका थिए । र्यालीले विभेदविरुद्ध नारा तथा नगरा घन्काउँदै बुर्तिवाङ बजार परिक्रमा गरेको थियो ।
दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमासमेत देख्न मुस्किल हुन्छ । सो अवसरमा मेयर नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नगरपालिकामा खरको छानो र छुवाछुत हटाएरै छाड्ने संकल्प गरे ।
ढोरपाटन नगरपालिकामा जत्तिको सुशासन देशको कुनै नगरपालिकामा नरहेको उनको जिकिर थियो । ‘एउटा दमाइँको छोरो नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन्,’ मेयर देवकुमारले भने, ‘तर हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला ।’
भ्रष्टाचार गरेको प्रमाण कसैले देखाए झुण्डिएर मर्न तयार रहेको उनको भनाइ छ । सरकारबाट तलब भत्ता समेत नलिने घोषणा गरेका मेयर नेपालीले दलितहरू गैरदलितभन्दा कुनै कुरामा कमजोर नरहेको जिकिर समेत गरे ।
उनले पाँच सय दलित/गरीबको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन् । ५८ जना शिक्षकलाई तलब दिएर राखेको बताउने मेयर नेपालीले क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षय कोष समेत निर्माण गरेका छन् ।
र्यालीपछि आयोजित सभामा बोलमाया तथा गलबन्दी गीतका गायक/श्रष्टा प्रकाश सपूतले समेत आफ्नो प्रस्तुती दिएका थिए ।lokaantar
सम्बन्धित खबर
पहिलो पाइला स्याङ्जाको न्यानो माया अभियान, पोशाक तथा शैक्षिक सामाग्री वितरण
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु