बाग्लुङ – जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्याली तथा आमसभामा सहभागी गराउन एक मेयरले आफ्ना श्रीमती र छोरीका लागि हेलिकप्टर चार्टर्ड गरेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले यही जेठ २१ गते आयोजित र्याली र आमसभामा सहभागी गराउन श्रीमती छेला नेपाली र छोरी कर्मालाई हेलिकप्टरमा पोखराबाट बुर्तीबाङ ल्याएका हुन् ।
पोखराबाट उडेको हेलिकप्टर मेयर नेपालीकै घरको छतमा ल्याण्ड गरेको थियो । ८ तले घरको छतमा मेयर नेपालीले हेलीप्याड नै निर्माण गरेका छन् । मेयर नेपालीको घरको घतमा नै हेलिकप्टर ल्याण्ड गरेको स्थानीय प्रहरीले पनि पुष्टि गर्यो ।
विभेदविरुद्ध घन्कियो नारा
जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्यालीमा करीब ५ हजार जना सहभागी भएका थिए । र्यालीले विभेदविरुद्ध नारा तथा नगरा घन्काउँदै बुर्तिवाङ बजार परिक्रमा गरेको थियो ।
दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमासमेत देख्न मुस्किल हुन्छ । सो अवसरमा मेयर नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नगरपालिकामा खरको छानो र छुवाछुत हटाएरै छाड्ने संकल्प गरे ।
ढोरपाटन नगरपालिकामा जत्तिको सुशासन देशको कुनै नगरपालिकामा नरहेको उनको जिकिर थियो । ‘एउटा दमाइँको छोरो नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन्,’ मेयर देवकुमारले भने, ‘तर हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला ।’
भ्रष्टाचार गरेको प्रमाण कसैले देखाए झुण्डिएर मर्न तयार रहेको उनको भनाइ छ । सरकारबाट तलब भत्ता समेत नलिने घोषणा गरेका मेयर नेपालीले दलितहरू गैरदलितभन्दा कुनै कुरामा कमजोर नरहेको जिकिर समेत गरे ।
उनले पाँच सय दलित/गरीबको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन् । ५८ जना शिक्षकलाई तलब दिएर राखेको बताउने मेयर नेपालीले क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षय कोष समेत निर्माण गरेका छन् ।
र्यालीपछि आयोजित सभामा बोलमाया तथा गलबन्दी गीतका गायक/श्रष्टा प्रकाश सपूतले समेत आफ्नो प्रस्तुती दिएका थिए ।lokaantar
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु