गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । पृथ्वीको सतहबाट ४०८ किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस)मा आउँदाे वर्षबाट पर्यटक जान पाउने भएका छन् । अन्तरिक्षको गतिविधिबारे जानकारी एवं ब्रह्माण्डबारे अध्ययनका लागि सन् १९९८ मा पृथ्वीको कक्षामा राखिएको सो स्टेसनमा सन् २००० देखि लगातार वैज्ञानिकहरु आउने-जाने गरेका छन् । त्यसको व्यवस्थापन एवं सो अध्ययनका लागि त्यहाँ कम्तिमा २ वैज्ञानिकहरु नियमित रहने गरेका छन् ।
सोही स्टेसन अब सर्वसाधारण पर्यटकहरुका लागि पनि खुला गरिएको अन्तरिक्षबारे खोज, अन्वेशषण गर्ने अमेरिकी संस्था राष्ट्रिय वैमानिकी र अन्तरिक्ष प्रशासन (नासा)ले जनाएको छ ।
पृथ्वीको नजिकको कक्षमा रहेको एक प्रकारको कृत्रिम उपग्रह यो स्टेसनमा प्रत्येक वर्ष १२ जना पर्यटक जानसक्ने छन् । भने प्रति पर्यटकले ३५ हजार डलर अर्थात करिब ३९ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नुपर्ने छ ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जान निजी अन्तरिक्ष यात्रीहरुलाई ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गराइने छ ।
हरेक वर्ष छोटो अवधिको लागि निजी अन्तरिक्ष मिशन पठाइने छ । यस मिशनको खर्च निजी कम्पनीले व्यहोर्ने छ । अन्तरर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले बताएका छन् ।
निजी कम्पनीले नै क्रूमा को-को रहने भन्ने तय गर्ने छ र उसैले नै अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनभित्र वैज्ञानिकहरू काम गर्दै
नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ ।
तर यसअघि पनि अन्तरिक्षमा पर्यटक गइसकेा छन् । सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पहिलो पर्यटकका रूपमा गएका थिए । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर बुझाएका थिए ।सन् २०२४ सम्म फेरि चन्द्रमामा पहिलो महिला र दशकौंपछि पहिलो पुरुष जाने तयारी भइरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’