दुर्घटनामा बाबुआमा गुमाएपछि डिप्रेशनमा रहेका शिशिर कीर्तिपुर जंगलमा मृत फेला

दुर्घटनामा बाबुआमा गुमाएपछि डिप्रेशनमा रहेका शिशिर कीर्तिपुर जंगलमा मृत फेला

sisir_khanal_JiPkdOm7xi

काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ ।

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजी कार्य जारी राखिरहेको थियो ।

खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको प्रहरीले जानकारी दिए ।अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमा दाजुभाउजुसँग बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ