भारतीय गोर्खा सैनिक छनौटमा पास गराइदिने भन्दै लाखौँ ठग्ने पक्राउ

भारतीय गोर्खा सैनिक छनौटमा पास गराइदिने भन्दै लाखौँ ठग्ने पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

बाँके : भारतीय गोर्खा सैनिक छनौटमा सहभागी युवाबाट रकम उठाउने पाँच जनालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललेपक्राउ परेका पाँचजनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-७ का रामकाजी पाण्डे र अर्जुन पौडेल, कास्की पोखरा महानगरपालिका-१८ का सुजाता पाठक र शर्मिला अधिकारी तथा रुपन्देही तिलोत्तमा नगरपालिका-९ का निरबहादुर थापालाई नेपालगञ्जको होटल बाटिकाबाट पक्राउ गरिएको हो ।

उनीहरुले छनौटपछि लिखित परीक्षाको प्रश्नपत्र दिलाइदिने भन्दै रकम असुल गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । भर्ना हुन आएका दुई जना युवाले लिखित जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट ३८ लाख १० हजार रुपिया नगद बरामद गरिएका कारण धेरैजना युवाबाट रकम असुल भएको हुन सक्ने डिएसपी सापकोटाले बताए ।  जिल्ला प्रहरी कार्यालय बाँकेले ठगिएका युवायुवती र अभिभावकलाई निवेदनसहित सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जमा असोज १६ देखि २१ गतेसम्म भारतीय गोर्खा सैनिकको प्रारम्भिक छनौट भएको थियो ।ujyaaloonline

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ