माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो

trishuli tunnel

काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिमध्ये ६ जनाको शव फेला परेको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो।

उद्धार टोलीले ग्राइन्डर,ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू टनेलबाट बाहिर निकालेको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ