तनहुँको गाछेपानीमा टिपरको ठक्करबाट दुलेगौडाका साईकल यात्रि कमलको मृत्यु

तनहुँको गाछेपानीमा टिपरको ठक्करबाट दुलेगौडाका साईकल यात्रि कमलको मृत्यु

tipper

तनहुँ । तनहुँको गाछेपानीमा टिपरले ठक्कर दिँदा एक जना साईकल यात्रिको मृत्यु भएको छ । आइतबार बिहान ८:४० बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीमा उक्त दुर्घटना भएको हो ।

भिमादबाट हलेदी तर्फ जादै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साईकल यात्रि शुक्लागण्डकी ४ दुलेगौडा बस्ने वर्ष २१ को कमल बि.क लाई ठक्कर दिएको हो ।

विकको उपचारको क्रममा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पृथ्विराजमार्गमा विकलाई ठक्कर दिदा उनको ढाड र बाया हातमा चोट लागेको थियो । तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको थियो ।

उक्त ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ