काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति देउवाले आइतबार बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।
उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँको पर्यटन विकासमा बाधा पुग्ने बताए । “दरबार पुनःनिर्माण छिटो हुनुपर्छ”, सभापति देउवाले भने, “सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।”
दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उनले पुनःनिर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरे । सभापति देउवाले भने, “धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हुँदैन ।”
सो अवसरमा सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गरे। सो क्रममा उनले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारीसमेत लिए । उनले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिए।
सम्बन्धित खबर
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’