तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार एकजना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ भोर्लेटारचोक बस्ने वर्ष ४२ को राजन पन्थ रहेका प्रहरीले जनाएको छ ।
ऋषिङ गाउँपालिका वडा नं. १ स्थित कोईदिममा गत शनिबार वर्ष १६ कि ऋषिङ १४(परिवर्तित नाम) लाई ललाई फकाई जबरजस्ती करणी पश्चात ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त सुचना प्राप्त भए पश्चात तत्काल प्रहरी टोली खटि भाग्न सक्ने सम्भावित स्थानहरुमा प्रहरी परिचालन गरी खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
स्थानिय र पिडित किशोरीको सहयोगमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ कोईदिमघाटमा ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भाग्दै गरेको अवस्थामा पन्थ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।
उक्त घटनामा संलग्न पन्थ लाई फेला पारी नियन्त्रणमा लिई तत्काल पिडित र पिडक दुबैको स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।
पिडित पक्षबाट जाहेरी दरखास्त लिई पन्थ विरुद्ध जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला