तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार एकजना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ भोर्लेटारचोक बस्ने वर्ष ४२ को राजन पन्थ रहेका प्रहरीले जनाएको छ ।
ऋषिङ गाउँपालिका वडा नं. १ स्थित कोईदिममा गत शनिबार वर्ष १६ कि ऋषिङ १४(परिवर्तित नाम) लाई ललाई फकाई जबरजस्ती करणी पश्चात ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त सुचना प्राप्त भए पश्चात तत्काल प्रहरी टोली खटि भाग्न सक्ने सम्भावित स्थानहरुमा प्रहरी परिचालन गरी खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
स्थानिय र पिडित किशोरीको सहयोगमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ कोईदिमघाटमा ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भाग्दै गरेको अवस्थामा पन्थ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।
उक्त घटनामा संलग्न पन्थ लाई फेला पारी नियन्त्रणमा लिई तत्काल पिडित र पिडक दुबैको स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।
पिडित पक्षबाट जाहेरी दरखास्त लिई पन्थ विरुद्ध जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्