तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको आँबुखैरेनी गाउँपालिकामा सुरु भएको छ ।
आँबुखैरेनी गाउँपालिकाको आयोजनामा सबैको लागि रोजगार, संवैधानिक अधिकार भन्ने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम आँबुखैरेनी गाउँपालिका वडा नं. २ तिलवारीमा मंगलबार देखी सुरु भएको हो ।
मंगलबार १० जनालाई काममा लगाएर उक्त कार्यक्रमको उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले दैनिक जसो विदेशिने दाजु भाईलाई आफ्नै देशमा घर परिवारसँग सँगै बसी आफ्नै गाउँ ठाउँको सेवा गर्न समृद्ध बनाउन तर्फ लाग्नुपर्ने बताए ।
कम्तीमा १०० दिन रोजगार दिने समेत उनले जानकारी दिए । निवेदन पेश गर्नुपर्ने व्यक्तिहरुले अझै निवेदन पेश नगरेको कुरा समेत उनलेे बताएक ।
गाउँपालिकामा १२ सय जनाले रोजगारका लागि निवेदन पेश गरेका थिए ।
उक्त कार्यक्रमका लागि संघीय सरकारबाट १२ लाख र गाउँपालिकाबाट ५ लाख गरी १७ लाख रकम विनियोजन गरिएको अध्यक्ष थापाले बताए ।
यदी यस्ता कामको माग भएमा आगामी आ.व.मा समेत आवश्यक बजेटको विनियोजन गरिने थापाले बताए ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको जानकारी प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले गरेका थिए।
कार्यक्रमको जानकारी गराउँदै निवेदन पेश गरेको व्यक्तिहरुले सडक, नाला, विद्यालय भवन मर्मत, वृक्षारोपण, सरसफाई, विभिन्न पार्कहरु तथा विकास निर्माणका कामहरु गर्नुपर्ने पौडेलले बताए ।
विदेशमा गएर भन्दा स्वदेशमा नै बसी काम गर्न सहज र सरल हुने हुँदा यही रोजगारमा लाग्न समेत अनुरोध गरे ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु