कुखुरा मारेको आरोपमा गोरखाकी ओमकुमारी पक्राउ

कुखुरा मारेको आरोपमा गोरखाकी ओमकुमारी पक्राउ

Kukhura gorkha

गोरखा– विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कुखुरा धनी राम कुमारी सुनारले एक सय ४० वटा कुखुरा विषादी हालेर मारेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको प्रमाणित भएपछि श्रेष्ठलाई पक्राउ गरिएको गोरखाका एसपी भोला रावलले जानकारी दिए ।

श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds