नयाँ दिल्ली । उत्तर प्रदेशको शामली जिल्लामा पटरी भन्दा उतरमा रहेको मालगाडीको समाचार संकलन गर्न गएका एक पत्रकारलाई कुटपिट गरेको आरोपमा जीआरपी एसएचओ राकेश कुमार र कन्स्टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । यूपीको डीजीपी ओपी सिंहले आरोपी पुलिसकर्मीहरु विरुद्ध अझ कठोर कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रहरी सूत्रका अनुसार उनीहरुमाथि थप छानविन गरेर दोषी पाइएमा उनीहरुलाई बर्खास्त सम्म गर्ने तयारी भइरहेको छ । पुलिसकर्मीहरुमाथि आरोप छ कि उनीहरुले पत्रकार अमित शर्माका साथ अमानवीय व्यवहार गरेका थिए । भारतीय सञ्चारमाध्यममा पत्रकार शर्माको मुखमा प्रहरीले पिसाब फेरेको समेत आरोप लागेको छ । यस भन्दा पहिले बुधवार विहान पत्रकारहरुले आरोपी अधिकारीहरु विरुद्ध प्रदर्शन समेत गरेका थिए ।
पिडित पत्रकार अमित शर्माले उनीविरुद्ध पहिले प्रहरीले कुटपिट गरे र त्यसपछि हिरासतमा लिएका थिए । हिरासतमा उनलाई नाङ्गो गराएर उनको मुखमा पिसाव समेत गरेका थिए । शर्माका अनुसार ती प्रहरीहरु बर्दीमै थिए । उनीहरुले घटनास्थलमा गाली गलौज र कुटपिट गरी उनको माइक समेत तोडफोड गरेका थिए। उनीमाथि गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पत्रकारले आरोप लगाएका छन् कि उनीसँग क्यामेरा खोस्न लाग्दा क्यामेरा भुईंमा खस्यो । त्यो क्यामेरा टिप्नको लागि निहुरिएको बेलामा एक प्रहरीले पिट्न सुरु गरे । उनी विरुद्ध भद्दा गाली समेत गरिएको छ । मिडियाकर्मीले यो पनि आरोप लगाएका छन् कि प्रहरीहरुले करीब २०० मीटरसम्म उनलाई पिट्दै लगे र उनलाई लकअपमा बन्द गराए। सोही बन्द लकअपमा उनको मुखमा पिसाव समेत गराईयो । पत्रकार शर्माले रेलवेको एक समाचार लेखेको आधारमा उनी विरुद्ध प्रहरीहरु आक्रोशित थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु