एजेन्सी : पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो । नयाँ तालिका अनुसार उनको परीक्षा सोमबार अर्थात् जून ११ देखि सुरु भयो । यो मिति उनको बच्चा जन्मिने मितिबाट निकै नजिक थियो ।
सोमबार परीक्षा सुरु हुन अघि उनी लेबर रुममा जानु पर्यो जहाँ उनले छोरालाई जन्म दिइन् । बच्चा जन्माएको आधा घण्टापछि उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि परीक्षा केन्द्रमा अन्य परीक्षा दिनेछिन् ।

म परीक्षा कुनै पनि स्थितीमा छोड्न चाहँदैनथेँः
अल्माजले भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’
अल्माजका श्रीमानका अनुसार उनले अस्पतालमा नै परीक्षा दिनका लागि स्कूलसँग अपिल गरेका थिए । उनले भने, ‘उनी आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । विभिन्न समस्याका बाबजुद पनि उनले यस्तो गरेर देखाइन् ।’
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’