पोखरा : पोखरा १७ र २१ जोड्ने फुस्रेखोला ट्रस्टपुल फलामे सामान उपलब्ध नहुँदा निर्माणमा ढिलाइ भएको छ । पोखरा महानगर र एसडब्लुएपी नेपालको सहयोगमा निर्माणाधीन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिले गर्ने काम सकिए पनि फलामका सामग्री उपलब्ध नहुँदा रोकिएको हो ।
गत वैशाख १९ गते औपचारिक सुरुआत भए पनि वास्तविक काम गत चैत २४ बाट भएको थियो । ३२ मिटर लम्बाइको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ लागत अनुमान गरिएको उक्त पुलका काम अहिले ठप्प छ ।
खोलाको बहाब दिनप्रति दिन बढिरहेकाले पोखरा २१ मा अवस्थित युवाज्योति आधारभूत विद्यालयमा पढ्न जाने विद्यार्थी स्कुल जानबाट बञ्चित हुने अवस्था आएका छ । सोही क्षेत्र आसपासमा ३ सय ६३ घरधुरी छन् । त्यहाँका स्थानीयलाई खानेपानीको अभावका साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन् ।
पोखरा महानगर तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट फलामा उपलब्ध गराउन भएको ढिलाइको असर पुलमा देखिएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए । आयोजनाको निर्माण कार्यअवधि आगामी असार १४ गते सकिँदै छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ ।
‘जेठ २६ गते बिहान स्कुल जाने बेला १ विद्यार्थीलाई खोलाले बगाएकोमा सकुशल उद्धार गरियो तर यस्ता घटनाहरु दिनहुँ जसो नै हुने गरेका छन्, यो चिन्ताको विषय हो,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले भने ।
पुल निर्माण सम्पन्न गर्ने समय नजिकिँदै गर्दा जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाइ हुने भन्दै केही दिनमा सामान उपलब्ध गराउने आश्वासनमात्र दिएको निर्माण समिति सचिव देवबहादुर विकले बताए ।
वडाले समन्वयमात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उनको भनाइ थियोे । पोखरा महानगरबाट प्राविधिक संस्थाको रुपमा नौलो घुम्ती नेपाल संस्थालाई छनोट गरिएको थियो । जुन संस्थाले पुलको निर्माण कार्य अनुगमन गर्छ ।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा