पोखरा : पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजार्यनर डाईरी सिजन १ को लागी पहिलो राउन्ड सम्पन्न भएको छ ।
डिजार्यनर क्षेत्रमा प्रवेश गर्ने चाहना भएका १५ जना प्रतिशप्रधी सहभागी भएको ईभेन्ट मा फाईनलको लागी १० जना प्रतिशप्रधी छानिएका छन । सुस्मीता मगर , इम्तिहज खान , मनिषा गुरुङ , मनु थापा , मानव गुरुङ , खुशी मगर , सम्झना गुरुङ , रेनु तुलाचन , सिमरन तामाङ , तुलसी महत लगाएका डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी छानीएका हुन । जसको कोरियोग्राफर सिजर्ना क्षेत्रीले गरेका छन् ।
असार १४ गते दिउसो २ बजे बाट पोखरा ओजनको भव्य हलमा हुन लागेको उक्त फाईनल शो का निमित्त तयारी तिब्र पारीएको आयोजकले जनाएको छ । पहिलो राउन्डबाट छानीएका १० जना डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी आफुहरुले बनाएको ड्रेस उपलब्ध गराउने छन । फाईनलका लागी सबै १० जना प्रतिशप्रधी डिजार्यनर हरुले पाच वटा ड्रेस कलेक्सन उपलब्ध गराउनु पर्ने कोरियोग्राफर सिजर्ना क्षेत्रीले बताईन् ।
प्रतिशप्रधी फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
डिजार्यनर डाईरी सिजन १ का बिजेताले उपाधी क्राउन संगै पचास हजार रुपैया नगद बराबरको म्युजिक भिडियो सम्झैता र नेपालको ख्याती प्रप्त म्याग्जीन कभर फोटो शुट गर्न पाउने आयोजकले जनाएको छ । बिजेतालाई चितवन , काठमान्डै , पोखरा, धरान , लगाएतका स्थानमा शोलो रनओए प्याकेज र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने भएको छ ।
मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल र फेशन डिजाइनर बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने ब्लुए रेय्स पोडक्सनको ईभेन्ट म्यानेजर सागर आर्चायले बताए ।
ब्लुए रेय्स पोडक्सन बिगत सात बर्ष देखि पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस किसिमको फेशन शो ले पोखरामा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरु र फेशन डिजाइनरको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’