पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ चापापानीमा रहेको मार्फा थकाली समाजले मापदण्ड विपरीत बनाएको घरको कम्पाउन्ड भत्काइएको छ । वडा कार्यालयले मापदण्ड विपरीत बनेका संरचना हटाउन पटक-पटक आग्रह गर्दा पनि वेवास्ता गरेको भन्दै पोखरा महानगरपालिकाको टोलीले वडा कार्यालयको सक्रियतामा कम्पाउन्ड भत्काएको हो ।
पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार मनिपाल जाने बाटो विस्तार गर्ने क्रममा अन्य सबै जग्गाधनीले मापदण्डअनुसारको जग्गा छोडे पनि मार्फा थकाली समाज घरले पटक पटक आग्रह बेवास्ता गरेका थिए ।
बाटो विस्तारको लागि महानगरपालिकाबाट २० लाख बजेट प्राप्त भएको छ भने गत वर्ष पनि महानगरपालिकाबाट १० लाख बजेट विनियोजन भएको थियो । समाज घरको कम्पाउन्ड पर्खाल नहटाएका कारण गत वर्षको रकम फ्रिज भएको स्थानीय जगत कार्कीले बताए ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य