पोखरा आएर प्रचण्डले भने : ‘बजेट पारित भएपछि मन्त्रिपरिषद पुनर्गठन हुन्छ’

पोखरा आएर प्रचण्डले भने : ‘बजेट पारित भएपछि मन्त्रिपरिषद पुनर्गठन हुन्छ’

meet-prachand-768×343

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको बताएका छन् । प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताए । ‘यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र आइतबार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको उनको भनाई थियो ।

उनले भने,“सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरु प्नि यो वर्ष टुंग्याउनुपर्छ ।” उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता विपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे । उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएकोबताए ।

उनले भने,“पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो बिषयलाई चर्चा र विवादमा ल्याउन कोही नै कोही खेलिरहेको छ ।” उनले एकअर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको धारणा राखे ।

गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ ।” अध्यक्ष प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds