टिपरको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु

main_1534249252

तनहुँ । तनहुँमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ५ दोभानमा बुधबार सोही स्थान बस्ने वर्ष ५९ को बल बहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउदै गरेको अवस्थामा खैरेनीटारबाट भिमाद तर्फ जादै गरेको ग १ क ४३२३ नम्बरको टिपरले ठक्कर दिदा विक घाइते भएका थिए ।

घाइते विक लाई उपचारको लागि जिपि कोइराला स्वासप्रस्वास केन्द्र बेलचौतारा पठाइएको थियो ।

विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

विक लाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ