सूर्य तिमिल्सिना । नेपाल युवा परिषदको आयोजानामा गण्डकी प्रदेशमा हुन लागेको प्रदेश युवा सम्मेलनको तयारी तिब्र पारिएको छ । यहि असार १३ र १४ गते पोखरामा हुने प्रदेश स्तरीय युवा सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको सहभागिता रहने छ ।
गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ देखि २९ बर्ष समूहका करिब २ सय युवाको सहभागिता रहने नेपाल युथ काउन्सिल गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले जानकारी दिईन् । आयोजकका अनुसार युवा सम्मेलनमा युवा उद्यमशिलता,जलबायु परिबर्तन,युवा र राजनीति,युवा र दिगो बिकासका लक्षहरु,युथ एक्सचेन्ज लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।
साथै उक्त कार्यक्रममा प्रदेश नम्बर १ का करिब २ दर्जन युवा सहभागी हुने जनाइएको छ । पोखरा फेवा मार्ग स्थित शान्ति नगर बैंक्युटमा शुक्रबार बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने गरि युवा र पर्यटन बिषयमा समेत छलफल हुने छ ।
साथै उक्त सम्मेलनमा सामाजिक बिकास मन्त्रालय,उद्योग बन तथा बाताबरण मन्त्रालय लगायत अन्य संघ संस्थाको समेत सहकार्य रहेको छ । हाल सम्म ५२ वटा जिल्ला र सातै वटा प्रदेशमा आफ्नो सक्रिय उपस्थिति देखाइसकेको यो संस्थाले युवाहरुमा नेतृत्वदायी भूमिका बिकास गर्दै सामाजिक परिबर्तनमा युवा अग्रसरतालाई जोड दिंदै आएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो