अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको लागि फारम भर्ने सिलसिलामा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग ४० हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्ल मिली घुस मागेका अख्तियारको आरोप छ ।
हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितिय अपरेटर कुमार लामिछानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २ कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरूलाई जनही विगो ४० हजार सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम सजाय हुन मागदाबी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यातायात कार्यालय पोखराका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशर बहादुर राय मल्लले सेवाग्राहीको सवारीचालक अनुमतिपत्र जे२ वर्ग बनाईदिने गरी भ्रष्टाचारजन्य कार्यका लागि मतियारको भूमिका खेलेको प्रमाणित हुन आएको अख्तियारको दावी छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर भएको हुँदा निजहरूलाई जनही विगो ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम हुने सजायमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको उनले बताए ।dnanepal
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’