तनहुँमा पौडी खेल्दा डुबेका २१ बर्षिय किरण हिजोदेखि बेपत्ता

तनहुँमा पौडी खेल्दा डुबेका २१ बर्षिय किरण हिजोदेखि बेपत्ता

police-office-tanahun

पोखरा । तनहुँको देबघाट नगरपालिका वडा नम्बर ६ स्थित काली गण्डकी नदीमा हिजो (बिहिबार) पौडी खेल्दा डुबेर एक जना बेपत्ता भएका छन् । बिहिबार साँझ करिब ५:४० बजे नदीमा पौडी खेल्दा डुबेका काठमाण्डौँ बनस्थलि बस्ने २१ बर्षिय किरण घिमीरे अहिलेसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने हरी प्रसाद सुबेदीको २३ बर्षिय छोरा शिबहरी सुबेदी र उनका भान्जा किरण घिमीरे पौडी खेल्ने क्रममा डुबेको लामिछानेले बताए । ‘हिजो पौडी खेल्दा शिबहरी र किरण दुबै डुबेका रहेछन् । त्यहीका स्थानीयले उनीहरु डुब्दा गुहार मागेको सुनेपछि शिबहरीको जिवितै उद्धार भएको छ’ उनले भने, ‘घटना बारे जानकारी पाउने बित्तिकै हाम्रो प्रहरी टोली घटनास्थलमा पुगेर खोजी कार्य तिब्र पारेका छौँ । तर, किरण अहिलेसम्म भेटिएका छैनन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ