आमालाई खाजा लिएर गएकी बालिका मर्स्याङ्दी नदीले बगाउँदा बेपत्ता

आमालाई खाजा लिएर गएकी बालिका मर्स्याङ्दी नदीले बगाउँदा बेपत्ता

lamjung-khoji

लमजुङ । शुक्रबार लमजुङमा मर्स्याङ्दी नदीले बगाएर एक बालिका बेपत्ता बनेकी छन् । लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका -९ बेलागारी स्थित मर्स्याङ्दी नदीमा बालुवा झिक्ने काम गर्ने आमा नन्दु कुमारी गुरुङलाई खाजा लिएर गएकी ७ बर्षिया बालिका ऋतु गुरुङ नदीले बगाएर बेपत्ता बनेकी हुन् ।

आमालाई खाजा पुर्याएर नदि किनारमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएको थियो । बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ