किरण श्रेष्ठ, तनहुँ । तिघ्रे डन निस्तेज पार्ने योजनामा गण्डकी प्रदेश सरकार लागेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताए ।
सो कुरा उनले तनहुँको दमौलीमा सोमबारदेखि सुरु भएको ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बताएका हुन ।
हिजोको दिनमा जस्तै ठुला हात पाखुरा हुने तिघ्रेहरुले थर्काएर, धम्काएर, ठेक्कापट्टामा चन्दा उठाएर बाचौला भन्ने नसोचे हुने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताए ।
गण्डकी प्रदेश सरकार एउटा जिम्मेवार अनुशासित नागरिक निर्माण गर्ने योजनामा लागेको मन्त्री चुमानले बताए ।
‘अब हल्लिएर खान पाउने जमाना गए’, मन्त्री चुमानले भने ‘सिप र क्षमताको विकास गरेर अनुशासित भएर मात्रै अब देशको सेवा गर्न सकिन्छ ।’
स्वास्थ्य र अनुशासित नागरिक बनाउन खेलकुद आवश्यक रहेको मन्त्री चुमानले बताए ।
जिल्ला स्तरीय प्रतियोगिताको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका थिए ।
पहिले खेलाडीहरु बाच्नका लागि के गर्ने भन्ने अवस्था रहेको र अहिले त्यस्तो अवस्थाबाट माथी उठिसकेको मन्त्री चुमानले बताए । गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई बिजयी हुने खेलाडी लाई प्रदेश सरकारले समेत सम्मान गर्ने मन्त्री चुमानले बताए ।
प्रदेश सरकारले अहिले हरेक पालिकामा १ खेलकुद मैदान निर्माण गर्न सम्बन्धित पालिका संग समन्वय गर्ने उनलेे बताए ।
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो । तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगिता २ दिनसम्म संञ्चालन हुने छ । प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।
जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए । त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ र गण्डकी प्रदेशका सांसद दोबाटे विक लगाएतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला