तनहुँ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सत्यवती माध्यमिक विद्यालय दमौलीले चुमेको छ । प्रतियोगितामा राधा माध्यमिक विद्यालय म्याग्देले दोस्रो, मिन माध्यमिक विद्यालय म्याग्देले तेस्रो र मित्रता माध्यमिक विद्यालय आँबुखैरेनीले चौथो स्थान हाँसिल गरेका छन् ।
त्यस्तै पालिका स्तरमा व्यास नगरपालिका १७ गोल्ड, ८ सिल्भर र ४ ब्राउन सहित प्रथम भएको छ । त्यस्तै ५ गोल्ड, ८ सिल्भर र ७ ब्राउन सहित म्याग्दे गाउँपालिका दोस्रो भएको छ । त्यसैगरी २ गोल्ड, १ सिल्भर र ४ ब्राउन सहित शुक्लागण्डकी नगरपालिका तेस्रो भएको छ भने आँबुखैरेनि गाउँपालिका २ गोल्ड र १ ब्राउन सहित चौथो भएको जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।

पालिका स्तरका विद्यालय गरि करिब १२ सय खेलाडीले सहभागी जनाएको प्रतियोगितामा प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन भएको समितिका सचिव पण्डितले जानकारी दिए ।
तनहुँको दमौलीमा सोमबारदेखि ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो ।
तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए ।
त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।
प्रतियोगिता सोमबार र मंगलबार २ दिनसम्म संञ्चालन भएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रहेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला