सत्यवति माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि : पालिका स्तरमा व्यास प्रथम

सत्यवति माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि : पालिका स्तरमा व्यास प्रथम

Rashtrapati Running SHild

तनहुँ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सत्यवती माध्यमिक विद्यालय दमौलीले चुमेको छ । प्रतियोगितामा राधा माध्यमिक विद्यालय म्याग्देले दोस्रो, मिन माध्यमिक विद्यालय म्याग्देले तेस्रो र मित्रता माध्यमिक विद्यालय आँबुखैरेनीले चौथो स्थान हाँसिल गरेका छन् ।

त्यस्तै पालिका स्तरमा व्यास नगरपालिका १७ गोल्ड, ८ सिल्भर र ४ ब्राउन सहित प्रथम भएको छ । त्यस्तै ५ गोल्ड, ८ सिल्भर र ७ ब्राउन सहित म्याग्दे गाउँपालिका दोस्रो भएको छ । त्यसैगरी २ गोल्ड, १ सिल्भर र ४ ब्राउन सहित शुक्लागण्डकी नगरपालिका तेस्रो भएको छ भने आँबुखैरेनि गाउँपालिका २ गोल्ड र १ ब्राउन सहित चौथो भएको जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।

पालिका स्तरका विद्यालय गरि करिब १२ सय खेलाडीले सहभागी जनाएको प्रतियोगितामा प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन भएको समितिका सचिव पण्डितले जानकारी दिए ।

तनहुँको दमौलीमा सोमबारदेखि ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो ।

तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए ।
त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।

प्रतियोगिता सोमबार र मंगलबार २ दिनसम्म संञ्चालन भएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ