लगातारको वर्षाका कारण कालीगण्डकी नदिले क्षति पुर्याउँदा अवरुद्ध भएको म्याग्दी — मुस्ताङ सडकखण्ड खुलेको छ । घोप्टेभिरमा खसेको पहिरोलाई करिडोर सडकमा काम गर्दै आईरहेको डोजर र ब्रेकर मेशिन तथा मजदुरले जोखिम मोलेरै लगातार सडक मर्मत गरेपछि सडक संञ्चालनमा आएकोहो । संसारकै गहिरो अन्धगल्छीको माथिल्लोपट्टी रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको थियो ।
अस्थायी रुपमा एकतर्फी सडक ट््याक खुल्ला भएको छ । अहिले म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको छ । सोमबार साँझ ५ बजेदेखि सडक खुलेको जनाइएको छ । अबिरल बर्षाले सडक नदी कटान तथा सडक १२ मिटर भासिएपछि शुक्रबार देखि मुस्ताङतर्फको यातायात सम्पर्क अवरुद्ध भएको थियो । सडक अवरुद्धले सवारी तथा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती पाएका थिए ।

अन्धगल्छीमा कालीगण्डकी नदीले कटान गरेपछि सडक भासिएर पहिरो खसेको हो । धौलागिरि र अन्नपूर्ण हिमालको खोंचमा छ हजार ९६७ मिटरको गहिराइमा बनेको ‘अन्धगल्छी’ संसारकै गहिरो गल्छी हो । यहाँ कालीगण्डकी नदी लुकेर बगेको छ । ठाउँठाउँमा पहिरो खस्ने र सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालक अझै त्रसित बनेका छन् । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट फर्कने यात्रु जोखिम मोलेर पैदल नै पहिरो पार गर्न बाध्य भए ।


सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ