कर्मचारीले जनप्रतिनिधि नटेर्दा ! बिल भरपाई नै लुकाइदिएर अपारदर्शी बनाउने गरेको गुनासो

कर्मचारीले जनप्रतिनिधि नटेर्दा ! बिल भरपाई नै लुकाइदिएर अपारदर्शी बनाउने गरेको गुनासो

janapratinidhi-karmachari

महेन्द्र जिसी, पर्वत । पर्वतको मोदी गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीबीच बेमेल बढेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीले विल भर्पाई लुकाएपछि गाउँपालिकाकी उपाध्यक्ष सेती महतले आर्थिक अपारदर्शिता बढेको बताएकी छन् ।

मोदी गाउँपालिकाले गत आवमा ३७ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरी कार्यान्वयन गरेको थियो । सोही बजेटबाट २४ लाख ४७ हजार रुपैयाँ कार्यालय सामान खरिदमा विनियोजन गरेको थियो । तर, सामान खरीदमा खर्चिएको रकमको बिलभर्पाइ कर्मचारीले लुकाएपछि उपाध्यक्ष महतले कर्मचारीप्रति आक्रोश व्यक्त गरेकी हुन् ।

उपाध्यक्ष महतले कर्मचारीहरु २० बर्ष अघिकै शैलीबाट चलेको भन्दै संघीयता असफल बन्ने कारण नै स्थानीय सरकारमा आर्थिक असफलताको पाटो रहेको बताईन् । उनले कर्मचारीको अटेरीका कारण जनप्रतिनिधीहरुले जनताका काम गर्न नसकेको गुनासो गरिन् ।

कर्मचारीहरु दुईदशक अघिको शैलीमा छन्, महतले भनिन्, ‘गाउँगाउँमा आएको सरकार र जनताको अपेक्षा दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।’ महतले आर्थिक अनुशासनमा जनप्रतिनीधि वेखवर हुँदा कर्मचारीको लापरवाही बढेको संकेत गर्दै कर्मचारीतन्त्रले जनप्रतिनीधि चलाउन खोजे देश नै असफल हुने बताईन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत समालेकी प्रशासकीय अधिकृतलले जानकारी नै नदिई कार्यालय बिदामा बस्ने गरेको कारण सेवा ग्रहीमा समेत समस्या हुने गरेको बताईन् ।

महतले कार्यापालिकाको निर्णय अनुसार कर्मचारीले विकास बजेटलाई सही रुपमा कार्यान्वयन गरेपनि कार्यालय सञ्चालनदेखि मसलन्द खर्चमा कर्मचारीप्रति जनप्रतिनिधिले शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको बताइन् । गाउँपालिकामा जनप्रतिनिधीले लगाएका तोकादेशलाई कर्मचारीले वेवास्ता गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds