स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ

ghus

पोखरा । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् ।

उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की फस्र्यौट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग १ लाख ३० हजार रुपैयाँ घुस मागेका थिए । सोही उजुरीका आधारमा अख्तियार कार्यालय पोखराको टोलिले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

‘कार्यालयका कर्मचारीसँग घुस मागेको सूचना आयो । अख्तियारले अनुसन्धान गर्दै जाँदा सवारी चालकमार्फत घुस बुझ्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने । पक्राउ परेकाहरु अख्तियारकै नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ