Gandak News
Our News Your Views
Lets

मुक्तिनाथ दर्शन गरी फर्केका भारतीय पर्यटकको जोमसोममा मृत्यु

Loading...

मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । आइतबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं – १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएका भारत हैदरावाद घर भएका बर्ष ६३ का प्रशन्न कुमारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रशन्न कुमार मन्दिर दर्शन गरेर फर्कंदै गरेकोमा जोमसोम आइपुग्दा अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि नजिकैको जिल्ला अस्पताल जोमसोम लगिएकोमा आज सोमबार अस्पतालबाट फर्कने क्रममा अस्पताल परिसरमै पुनः बेहोस भइ ढलेका थिए ।

बेहोस भइ ढलेका उनलाई तुरुन्तै उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको