कावासोतिमा दुर्घटनाः बाइक चालक अधिकारीको मृत्यु, २ घाईते, एकपछि अर्को ट्रकको ठक्कर

कावासोतिमा दुर्घटनाः बाइक चालक अधिकारीको मृत्यु, २ घाईते, एकपछि अर्को ट्रकको ठक्कर

acc

कमला राना मगर । नवलपुरको कावासोतिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोति नगरपालिका १६ डण्डा सातघरेमा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३७ प २६०० नम्बरको मोटरसाइकल विपरित दिशाबाट गईरहेको ना ४ प २७ नम्बरको मोटर साइकलसँग ठक्कर खाई राजमार्गमा पल्टिन पुगेको थियो ।

पूर्वतर्फ नै आईरहेको ना ६ ख ३४०१ नम्बरको ट्रकले राजमार्गमा पल्टिएको ना ३७ प २६०० नम्बरको मोटर साइकललाई ठक्कर दिएपछि चालक कावासोति नगरपालिका वडा नम्बर १५ बस्ने ५८ वर्षीय राम प्रसाद अधिकारीको मृत्यु भएको हो ।

यसैगरी, ना ४ प २७ नम्बरको मोटरसाइकल चालक कावासोति नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय अन्जन थापा, सोही मोटरसाइकल पछाडि सवार कावासोति नगरपालिका वडा नम्बर १ का २६ वर्षीय तारानाथ घाइते भएका छन । हाल घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको जिल्ल प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds